Thursday, July 6, 2023

न्यायीक समितिको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

 


न्यायीक समितिको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २१

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र (VCDC)को सहयोगमा  न्यायीक समितिको लागि ५ दिने क्षमता अभिवृद्धि तालिम सदरमुकाम मलंगवामा सम्पन्न भएको छ।

      चन्द्रनगर गा.पा अन्तर्गतको न्यायीक समितिका जिम्मेवार सदस्य एवं पदाधिकारीहरूलाई उत्तरदायी बनाएर  क्षमता अभिवृद्धि गर्न उक्त तालिमको आयोजना गरिएको VCDC का अध्यक्ष  लक्ष्मी सिंहले जानकारी दिए।

    गापा उपाध्यक्ष गिता देवी महतोको अध्यक्षता तथा जिल्ला अदालत सर्लाहीका न्यायाधीश कमल प्रसाद पोखरेलको विशिष्ठ आतिथ्यतामा असाढ १६ गतेदेखि असाढ २० गतेसम्म संचालन भएको यो तालिम  प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।

  मलंगवा-३ स्थित महेन्द्र होटमा संचालन भएको उक्त तालिममा न्यायीक समितिका सदस्यहरु सहित,वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको  सहभागित रहेको थियो ।


No comments:

Post a Comment