Monday, August 7, 2023

कृष्णा देवी मा.वि मलंगवामा अज्ञात पुरुषको शव फेला पर्यो

 


कृष्णा देवी मा.वि मलंगवामा अज्ञात पुरुषको शव फेला पर्यो



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित श्रीमती कृष्णा देवी जनता माद्यामिक विद्यालयमा एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ। पहिचान नखुलेको उक्त पुरुषको शव  कक्षा कोठा अगाडीको बरण्डामा फेला परेको हो।

    अन्दाजी २५/२६ वर्षको जस्तो देखिने उक्त पुरुषले अत्यधिक मात्रामा लागुऔषध सेवन गरेको र सोही कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ।

    पहिचान नखुलेकोले शव प्रादेशिक अस्पताल मलंगवामा राखेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

   

No comments:

Post a Comment