Saturday, August 12, 2023
सर्लाहीका उद्यमी तथा व्यापारीहरुलाई कर सम्बन्धि २ दिने तालिम दिइयो
मनोज यादव---
बिहिवार र शुक्रवार दुई दिनसम्म चलेको तालिमका सहभागीहरुलाई उ.वा महासंघका सहायक निर्देशक एवं आयोजित कार्यक्रमका संयोजक लोकराज जोशी ,फेलो चार्टर्ड एकाउन्टेन्ट लक्ष्मी प्रसाद लुइटेलले र चार्टर्ड एकाउन्टेन्ट रश्मिला महर्जनले आय कर र मुल्य अभिबृद्धि ,साना करदातालाई डे-०१ त डे-०२ विवरण बुझाउने प्रक्रिया ,आय कर र मुल्य अभिबृद्धि कर सम्बन्धि कानुनमा भएका व्यवस्था र करदाताले अनुपालन गर्ने प्रक्रियाको सम्बन्धमा प्रशिक्षण दिइएको उ.वा.संघ सर्लाहीका महासचिव संजय राय"सुजय"ले जानकारी दिए।
तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश का स-कोषाध्यक्ष कमलेश शाहले दुईदिने तालिमबाट सिकेका कुरा र अनुभव शाझा गर्दै आयोजक तथा सहयोगी संस्थालाई सम्पूर्ण सहभागीहरुको तर्फबाट धन्यवाद दिएका थिए। ८० जनाभन्दा बढी उद्यमी तथा व्यापारीहरुले सक्रिय रुपमा सहभागीता जनाएको यस तालिमबाट प्रशिक्षित भएकाहरुले करको दायरा बिस्तार गर्न अहम भूमिका खेल्ने विश्वास लिएको उ.वा.संघ सर्लाहीका अध्यक्ष शाहले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment