Tuesday, August 22, 2023
हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण आजबाट सुरु
यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण लिएका स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले हरिवन न.पा अन्तर्गतका ११ वटै वडाका २३ जना महिला जनप्रतिनिधिहरुको लागि प्रशिक्षणको आयोजना गरेको माण्डवीका जिल्ला कार्यक्रम अधिकृत एवं कार्यक्रमका अध्यक्ष मनिल श्रेष्ठले जानकारी दिए । प्रशिक्षण लिइ सके पश्चात् महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि संजाल निर्माण गर्न थप सहज हुने विश्वास लिइएको श्रेष्ठले बताए ।
विशिष्ठ अतिथिको रुपमा सहभागी भएकी उपप्रमुख हरिमाया घलानले आफु पनि माण्डवीले संचालन गरेको तालिममा एउटा सदस्यको रुपमा सहभागी हुने अवसर पाएको र सोही तालिमाबाट सिकेका कुराहरुलाई आत्मसात गर्दै अहिले उपप्रमुख जस्तो पदमा पुग्न सफल भएको अनुभव सुनाउँदै तालिममा सिकाएका कुराहरु लाई व्यवहारमा उतारेर अगाडि बढ्न सुझाव दिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment