Tuesday, August 8, 2023

१५ देखि ६० वर्ष उमेर समुहका सबै नागरिकलाई पुर्ण रुपले साक्षर बनाउने अभियानमा मलंगवा नगरपालिका

 


१५ देखि ६० वर्ष उमेर समुहका सबै नागरिकलाई पुर्ण रुपले साक्षर बनाउने अभियानमा मलंगवा नगरपालिका 


मनोज यादव---

सर्लाही,साउन २३

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले १५ वर्ष उमेरदेखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई पुर्ण रुपमा साक्षर बनाउन "साक्षर अभियान २०८०" शुरु गरेको छ । २०८० भदौ २३ गते सम्म यस नगरपालिकालाई पुर्ण रुपमा साक्षर बनाउने लक्ष्य लिए अनुसार सोमबारदेखि सो अभियानको सुरुवात गरिएको हो।

   २०७८ सालको जनगणना अनुसार मलंगवा  नगरपालिकाको १२ वटा वडाहरुमा गरि जम्मा ५४ हजार ५५०   जनसंख्या मध्ये ५हजार ६ सय ३० जना निरक्षर रहेका छन् । ६८.२० प्रतिशत साक्षरता रहेको यस पालिकाको वडा न - मा सबैभन्दा कम २२ जना र सबैभन्दा बढी वडा न-११ मा ९९६ जना निरक्षर रहेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए। देशभरिका ६४ वटा जिल्ला साक्षर रहेको तर मधेस प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरु मध्येबाट एउटा पनि जिल्ला साक्षर घोषणा नभएकोले  यस अभियान मार्फत सबै नागरिकलाई साक्षरताका १२ वटा सूचकका आधारमा "इच वन, टिच वन" को विधि प्रयोग गरेर  साक्षर बनाएर मलंगवा नगरपालिकालाई प्रदेशकै पहिलो पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए।

    साक्षरता अभियान २०८० चलिरहेकै क्रममा  प्रविधि मैत्री सिकाई बाट विद्यार्थीहरुको पठनपाठनलाईअगाडी बढाउन यस पालिका अन्तर्गत सामुदायिक विद्यालयका  शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको छ।

   सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि ५० प्रतिशत लागत साझेदारीमा १५ जना शिक्षकहरुलाई एक-एक थान ल्यापटप वितरण गरिएको सूचना अधिकृत राजकुमार अधिकारीले जनाएको छ।








  




No comments:

Post a Comment