Sunday, August 6, 2023

सर्लाहीको ८ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा

 


सर्लाहीको ८ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा


मनोज यादव---

सर्लाही,साउन २१

     नेपाल सरकारले देशभरि स्थानीय तहहरु मध्ये  २६ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरु लाई पठाएको छ। नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। 

   सर्लाहीमा पनि २० वटा स्थानीय तहहरु मध्येबाट ८ वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको छ।जिल्लाको सदरमुकाम  मलंगवा नगरपालिकामा गृह मन्त्रालयबाट उपसचिव खेमराज उपाध्यायलाई पठाएको छ।यसअघि शिक्षा तर्फका उपसचिव गेहनाथ गौतम प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका थिए। यसैगरि बरहथवा न.पा मा भूमी व्यवस्था,सहकारी  तथा गरिबी निवारण मन्त्रालयबाट उपसचिव अनन्त कुमार बस्नेतलाई पठाएको छ।यसअघि शिक्षाकै मदन बहादुर थापा प्र.प्र.अ रहेका थिए।

    निमित्त प्र.प्र.अधिकृतको भरमा चलेको जिल्लाको ६ वटा गाउँपालिकामा शाखा अधिकृतहरुलाई प्र.प्र.अ को रुपमा पठाइएको छ।धनकौलमा गणेश गौतम ,रामनगरमा नवीन अधिकारी,विष्णुमा रामराज गौतम ,पर्सामा भोजराज खतिवडा , कौडेनामा निरंजन ज्ञावली र बसबरिया  गा.पा मा किरणचन्द्र सुवेदीलाई प्र.प्र.अधिकृतको रुपमा सरुवा गरि पठाइएको छ।

  यसअघि मन्त्रालयले  गोडैता न.पा मा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट उपसचिव सोमराज बराल र ब्रम्हपुरी गा.पा मा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट अधिकृत टोपलाल अर्याललाई पठाइसकेको छ।

   काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो ।






No comments:

Post a Comment