Tuesday, August 8, 2023

प्रदेश समन्वय परिषद सदस्यमा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव मनाेनित

 प्रदेश समन्वय परिषद सदस्यमा पर्सा गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव मनाेनित  

बखतियार अलि---   

             

सर्लाही,साउन २३ 

     मधेश  प्रदेश समन्वय परिषद सदस्यमा सर्लाहीको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव मनाेनित मनाेनित हुनु भएकाे छ । प्रदेश समन्वय परिषद सदस्यमा गापा अध्यक्ष यादव मनाेनित भएपछि  आम नागरिकको हक अधिकार तथा प्रदेश समन्वयमा अाफुले उल्लेखनीय कार्य गर्ने अध्यक्ष यादवले बताउनु भएकाे छ।

      सबैकाे साथ र सहयाेगले अाफु देश र जनताकाे हितमा सदैव कार्य गर्दै जाने वहाले जनाएको छ ।  गापा अध्यक्ष धिरेन्द्र यादव प्रदेश समन्वय परिषद सदस्यमा मनोनीत भएपछि गाउँपालिकाका जनतामा थप अपेक्षा र बिश्वास बढेकाे स्थानीय नागरिक समाजका अगुवा जगदीश यादवले बताउनु भयाे । यादवका अनुसार पालिकामा निर्बाचित भएपछि सानाे समयमै पर्सा गा. पा. अध्यक्ष यादव पालिकामा धेरै राम्रो कामहरू गर्नु भएकाे छ । 

   खास गरेर शिक्षा, स्वास्थ तथा बिकास निर्माणकाे क्षेत्रमा वहाले राम्रो कामहरू गर्नु भयाे । जनताकाे अपेक्षा अनुरूप अध्यक्ष यादवले दिनरात काम गरि रहेकाेले पर्सा गाउँपालिकाका जनता बिकासकाे अनुभुती गरि रहेकाे नागरिक समाजका अगुवा यादवले बताउनु भयाे ।

No comments:

Post a Comment