Wednesday, August 9, 2023

प्रदेश सांसद कौशल किशोर रायद्धारा कौडेनामा बाढि र कटान प्रभावित क्षेत्रको निरीक्षण


प्रदेश सांसद कौशल किशोर रायद्धारा कौडेनामा बाढि र कटान प्रभावित क्षेत्रको निरीक्षण

मनोज यादव---

सर्लाही,साउन २४

    सर्लाहीको  निर्वाचन क्षेत्र नं. २ ख का सांसद कौशल किशोर रायले  जिल्लाको बाढी एवं कटान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ।

   उहाँले बुधबार दिउँसो कौडेना गाउँपालिकाको वडा न-६ सक्रौल र वडा न-७ शिवनगरमा लखनदेही खोलामा लगाइएको बाँध टुटेर भएको क्षतिहरुको निरिक्षण गर्नुभएको छ। सो क्षेत्रमा अत्याधिक कटान र बाढीको जोखिमपूर्ण नदीको रुपमा रहेको लखनदेही खोलाको बाँध टुट्दा खेती योग्य जमिन कटान हुनुका साथै लगाएको बालीनाली व्यापक रुपमा क्षती भएको छ । लखनदेही खोलामा आउने बाढीबाट वर्षौनी हजारौं हेक्टर खेती योग्य जमिन कटान भएर बगरमा परिणत हुने गरेको छ भने दर्जनौं घरपरिवार विस्थापित हुँदै आएका छन्।

     सोमबार रातिदेखि मंगलबार बिहानसम्म भएको अविरल वर्षाका पछि लखनदेही खोलामा आएको बाढीले बाँध भत्काएपछि खोलाको पानी मानव बस्ती तर्फ मोडिएको छ।बाढीबाट  प्रभावित भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल द्वारा उद्धार कार्य चलिरहेको सांसद रायले जानकारी गराउनुभएको छ।

   सो क्षेत्रको प्रत्यक्षरुपमा अवलोकन गर्न सांसद रायसँगै कौडेना गा.पा का अध्यक्ष रुपेश यादव,सुरक्षा निकाय,सम्बन्धित वडाका जनप्रतिनिधि लगायत पत्रकारहरुको टोली पुगेका थिए।


No comments:

Post a Comment