Wednesday, August 9, 2023

मलंगवा नगरपालिकामा स्थानिय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिती गठन गरि कार्यान्वयन मा ल्याइने

 


मलंगवा नगरपालिकामा स्थानिय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिती गठन गरि कार्यान्वयन मा ल्याइने



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २४

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा  मधेस प्रदेश सरकार द्वारा स्वीकृत दलित सशक्तीकरण ऐन,२०७६  स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिति गठन समबन्धी अभिमुखिकरन कार्यक्रम सम्पन्न भएको छ।मलंगवा न.पा को आयोजना तथा  नेपाल राष्ट्रिय दलित दलित समाज कल्याण संघ (NNDSWO) सर्लाहीको             सहआयोजनामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रममा NNDSWO सर्लाहीका अध्यक्ष एवं समाजशास्त्री राजेश पासवानले दलित सशक्तीकरण ऐन ,२०७६ बारेमा जानकारी गराएका थिए ।कार्यक्रम का बिशिस्ट अतिथि प्रदेश सांसद कौशल किशोर रायले २१ औ शताब्दीमा जातीय विभेद हुनु निन्दनीय कार्य भएकोले यसलाई सबै मिलेर हटाउनु पर्ने बताउनुभयो ।समाजलाई रुपान्तरण गर्न शैक्षिक क्रान्ती अतिआवश्यक रहेको समेत उहाँले धारणा राख्नुभयो।

  यस्तै प्रमुख अतिथि प्रदेश सांसद  सकुन्ती देवि रामले दलित सशक्तीकरण ऐन स्थानीय पालिकामा लागू भएमा दलित समुदायको अनुहारमा खुशियाली छाउने दावी गर्नु भयो।

    नगर प्रमुख  यादवले जातिय विभेद गर्नु समाजिक अपराध भएकोले  आर्थिक वर्ष  २०८०/०८१ मा दलित सशक्तीकरण ऐन कार्यान्वयन  गर्न बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो । साथै उहाँले ७ दिन भित्र स्थानिय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिती गठन गरि कार्यान्वयन  गर्ने  प्रतिबद्धता जाहेर गर्नु भयो।

    नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गेहनाथ गौतम ,कार्यपालिका सदस्य दयाराम मण्डल ,कविता कुमारी पासवान ,जसिया देवि पासवान ,सीता मेस्तर,अमिरखा बैठा,नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज राम नरेश मण्डल, केन्द्रिय कोषाअध्य्क्ष गोबिन्द पासवान ,दलित अधिकारकर्मी रामबहादुर महरा ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला सचिव कामेश्वर पासवान ,जिल्ला कार्यक्रम अधिकृत गोबिन्द पासवान ,उद्यम सहजकर्ता अर्पना बिश्वकर्मा ,समाजिक बिकास अधिकृत राजकुमार अधिकारी ,महिला तथा बालबालिका शाखाकी  नगिना रायलगायत  निर्वाचित सदस्यहरुको उपस्थिति रहेको थियो ।

  कार्यक्रमको संचालन  ओरेक नेपालकी देवकुमारी महाराले गरेका थिए।

No comments:

Post a Comment