Thursday, August 31, 2023
राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन मधेस आन्दोलनको क्रममा सहिद भएका पिडित परिवारको आग्रह
मनोज यादव---
बेपत्ता पारिएका ब्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा आज आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरूले मधेस आन्दोलनको क्रममा सहिद भएका ब्यक्तिको नाममा सरकारले उपलब्ध गराउने भनिएको राजत वापतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् । अन्तराष्ट्रिय बेपत्ता विरूद्धको दिवसको अवसरमा एडभोकेसी फरम र इन्सेक सर्लाहीले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
' द्वन्द्व पिडित तथा बेपत्ता परिवारको अधिकार परिपुर्ण सहितको न्याय' भन्ने नाराका साथ मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी भएका पिडित परिवारका सदस्यहरुले मधेस आन्दोलनको क्रममा सहिद भएका तथा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको घरपरिवारको नाजुक अवस्थालाई ध्यानमा राखेर सरकारलाई यस्ता परिवार प्रतिको दायित्वको बोध गराउँदै पाउनुपर्ने राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि मधेसी आयोगका अध्यक्ष संजिव कुमार दत्त र एडभोकेसी फरम सँग आग्रह गरेका छन् । उनीहरु बेपत्ता पारिएका नागरिकको सत्य, तथ्य बारे जान्न पाउने उनीहरूका आफन्तको अधिकार रहेकोले पीडित परिवारको अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको भन्दै बेपत्ता भएका नागरिकको खोजबिन गर्ने दायित्व नेपाल सरकारको भएको बताएका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment