Saturday, August 5, 2023

रितपुर्वक कागजात नपुगेको अवस्थामा मात्र सर्जमिनको पत्र काट्न सर्वदलीय बैठकको निणर्य

 


रितपुर्वक कागजात नपुगेको अवस्थामा मात्र सर्जमिनको पत्र काट्न सर्वदलीय बैठकको निणर्य



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २०

    जिल्लाको समग्र विषयबस्तु तथा शान्ति सुरक्षा लगायतको लागि  सर्लाहीको सदरमुकाम  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको सर्वदलीय ,सर्वपक्षीय समन्वय  बैठकले विभिन्न ९ बुँदे निर्णयहरु गरेको छ।

   प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन सम्भावित सुधार पहिचान गरि कार्यान्वयनमा ल्याउने,कार्यालयका कर्मचारीहरुको सुरक्षा ,नागरिक तथा सेवाग्राहीहरुको गुनासो सम्बन्धमा प्रजिअ वा सप्रजिअ मार्फत राखी सम्बोधन हुने प्रबन्ध मिलाउने ,नागरिकको गुनासो तथा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो दायित्व पूरा गर्ने,वडाबाट हुने सिफारिस लगायतका क्रियाकलापहरुमा सही सत्य र त्रुटि रहित बनाउन सबैले सहयोग गर्ने,सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबैको पहुँच पग्ने गरि हेल्प डेक्सलाई अद्यावधिक गर्ने तथा टोकन प्रणालीलाई थप व्यवस्थित गर्ने,दरबन्दी अनुसारको पदपूर्ति गर्न गृणमन्त्रालयलाई अनुरोध गर्ने, अनुचित लेनदेन(मिटरब्याज)निवेदन छानबिन तथा फर्छ्यौट गर्न निवेदक र विपक्षी बिच सौहार्दपुर्ण वातावरण बनाउन सबै पक्षले सहयोग गर्ने निर्णय गरेको जिप्रका सर्लाहीले जनाएको छ।

  त्यसैगरी सोही बैठकबाट नागरिकता लगायतका कामको लागि आएका सेवाग्राहीको रितपुर्वक कागजात नपुगेको अवस्थामा मात्र सर्जमिनको लागि पत्र काट्ने र विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय गरेको छ।

   नागरिकता वितरणको क्रममा कर्मचारीहरुले सेवाग्राहीलाई झन्झट दिएर दु:ख दिएको र समयमा काम हुन नसकेको भन्दै विभिन्न राजनीतिक दलले  बिहिवार दिउँसो जिल्ला प्रशासन अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।सोही विषयलाई लिएर शुक्रवार बसेको सर्वदलीय बैठकबाट उक्त निर्णय गरिएको हो।

  



No comments:

Post a Comment