Saturday, September 30, 2023

सम्पादकीय✍️ नेपालमा भारु सय रुपैयाँभन्दा माथिक नोट राख्न नपाइने तर सिमा क्षेत्रमा यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने

 सम्पादकीय✍️

नेपालमा भारु सय रुपैयाँभन्दा माथिक नोट राख्न नपाइने तर सिमा क्षेत्रमा यसलाई कार्यान्वयनमा ल्याउन समय लाग्ने

 

हाम्रो देश नेपालमा अब देखि भारु १ सय रुपैया भन्दा माथिको नोट साथमा राख्न नपाइने भएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अबदेखि नेपालमा १ सय रुपैया भन्दा माथिको भारतीय रुपैयाँको नोटको ओसारपसार  र कारोबार गर्न प्रतिबन्ध लगाएको छ। नेपाल राष्ट्र बैंकको सुचना अनुसार भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ १ सय वा सोभन्दा कम दरका नोट मात्र ल्याउन लैजान सकिने छ ।यदी त्योभन्दा बढी रकम छ भने भन्सारमा घोषणा गर्नुपर्ने छ। भारत भ्रमणका लागि नगद भारतीय २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारतीय २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने बताइएको छ । कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने राष्ट्र बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

सिमा क्षेत्रमा बसोबास गर्ने मधेस प्रदेशका जिल्लाका बासिन्दाहरुको अधिकतर किनमेल भारतीय बजारमा हुने गरेको छ। यस क्षेत्रका मानिसहरु घरायसी देखि बिवाह आदीका लागि किनमेल भारत बाटै गर्ने गरेकाले नेपाल राष्ट्र बैंकले लगाएको यस किसिमको प्रतिबन्ध कार्यान्वयनमा ल्यान समय लाग्ने देखिन्छ ।

No comments:

Post a Comment