Tuesday, September 5, 2023

बिरोधीहरुकै अगाडी मलंगवा नगरपालिकाको चौतर्फी बिकास गरेर देखाउछु– मेयर यादव

 


बिरोधीहरुकै अगाडी मलंगवा नगरपालिकाको चौतर्फी बिकास गरेर देखाउछु– 

मेयर यादव



बखतियार अलि–--

सर्लाही,भाद्र १९

   बिरोधीहरुकै अगाडी मलंगवा नगरपालिकाको चौतर्फी बिकास गरेर देखाउने मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले दाबी गर्नु भएको छ । मलंगवाको बिकास गर्न खोज्दा विकास भएको देख्न नचाहने केहि व्यक्तिहरुले अनेकन बाधा अवरोधहरु खडा गर्दै आई रहेका उहाँले बताउनुभयो  । यस्ता बिरोधी तत्वहरुले खडा गरेको  बाधा अवरोधहरुलाई पाखा लगाई मलंगवा नगरपालिकाको चौतर्फी बिकास गर्ने संकल्प लिएर आफुले काम गर्दै आइरहेको मेयर यादवले बताउनुभएको छ ।  

      अबको दुई वर्ष भित्रमा यस पालिकाका जनताहरु सबै क्षेत्रमा बिकासको अनुभुती गर्ने उहाँले दाबी गर्नुभयो । मलंगवा नगरपालिकाका सबै वडामा नाला सहितको चौडा सडक बनाएर देखाउने लक्ष्य लिएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य तथा खानेपानी निर्मल जलको परियोजनाका लागि समेत काम भईरहेको जानकारी गराउनुभयो।अबको केहि वर्षमै  जनताले "नयाँ मलंगवा सम्बृद्ध मलंगवा"को अनुभुती गर्न पाउन  भनेर पालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधीहरु दिनरात मेहनत गरिरहेकोले उनीहरुको साथ र सहयोगबाट जनताले चाहेको र खोजेको बिकास गरेर देखाउने मेयर यादवले दाबी गर्दै बताउनुभयो ।

  पालिकामा आउने सेवाग्राहीहरुले पनि राम्रो सेवा पाईरहेको आफुले अनुभव गरेको उहाँले बताउनुभयो । कुनैपनि सेवाग्राहीले सेवा लिन आउँदा पालिकाका कर्मचारीले आलटाल गरे सिधै मलाई खबर गर्न सक्ने छन।यसका लागि सूचना समेत जारी गरिसकेको छु। त्यस्ता कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गरिने छ। उहाँले थप्दै भन्नुभयो, नगरको आमुल परिवर्तन देख्न चाहेका जनताले पनि नगरपालिकालाई सहयोग      गर्नुपर्छ । मलंगवाका जनताको सहयोग बिना परिवर्तन हुन    सकदैन । नगरका जनताको साथ र सहयोग कदम–कदममा चाहने भएकोले मलंगवाका जनतालाई सहयोग गरिदिन  यादवले आग्रह समेत गर्नुभयो । 

   मंगलबार  स्वागतम मलंगवा नामक स्वगत द्वारको उद्घाटन तथा १०८ फिटको नेपालको झण्डा फहराउने कार्यक्रम रहेको  छ । यसको  उदघाटन भएपछि मलंगवा हुँदै  नेपाल प्रवेश गर्ने भारतीय पर्टकहरु बिच मलंगवा नगरपालिकाको छुटटै पहिचान बन्ने उहाँले भन्नुभयो । साथै उहाँले उदघाटन कार्यक्रममा उपस्थित भएर शोभा बढाई दिन सम्पुर्ण नगरवासीलाई निमन्त्रणा समेत दिनुभएको छ । 

  कार्यक्रम आज(मंगलबार)बिहान ११ बजे हुने नगरपालिकाले जनाएको छ।


No comments:

Post a Comment