Monday, September 4, 2023

सर्लाही स्थित सुविधा सहकारीका संचालकहरुले बचतकर्ताको रकम लिएर फरार भएपछि रकम उपलब्ध गराइदिन माग गर्दै पिडितहरु सिडियो कार्यालय अगाडी धर्नामा

 


सर्लाही स्थित सुविधा सहकारीका संचालकहरुले  बचतकर्ताको रकम लिएर फरार भएपछि रकम उपलब्ध गराइदिन माग गर्दै पिडितहरु सिडियो कार्यालय अगाडी धर्नामा



लोकतन्त्र समाचारदाता---

सर्लाही,भाद्र १८

    सर्लाही स्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाका संचालकहरुले  बचतकर्ताको रकम लिएर फरार भएपछि रकम उपलब्ध गराइदिन माग गर्दै पिडित बचतकर्ताहरु आइतवार जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका छन् ।

   संस्थाका अध्यक्ष इश्वर गुप्ता सहित अन्य केही संचालकहरु रकम हिनामिना गरि फरार भएपछि बिगत एक वर्षदेखि खाताधारीहरुले जम्मा गरेको रकम फिर्ता गरिदिन भन्दै सुविधा सहकारीको कार्यालयमा धाउँदै आएका थिए। जति धाएपनि खाताधारीहरुको रकम फिर्ता गर्न संस्थाले आलटाल गरेपछि बाध्य भएर संघर्ष समिति बनाइ चरणबद्ध आन्दोलन सुरु गरेको समितिका अध्यक्ष राजेन्द्र प्रसाद साहले जानकारी गराएका छन् ।

    समितिको पुर्व निर्धारित कार्यक्रम अनुसार पिडित बचतकर्ताहरुको रकम अविलम्व फिर्ता गर्नुपर्ने ,संस्थाका संचालकहरु माथि कारवाही गरि निजका सम्पती रोक्का हुनुपर्ने, संस्थाको लेखा परिक्षण आधिकारिक लेखा परिक्षकबाट गराउनु पर्ने ,संस्थाको समग्र अवस्था सम्बन्धी स्वेत पत्र जारी गर्नुपर्ने र आ.व. २०७७ - ०७८ ,०७८- ०७९ तथा ०७९ - ०८० मा संचालक समितिहरुले संस्थाबाट लिएको सम्पुर्ण ऋण सार्वजनिक गर्नुपर्ने लगायतका ५ बुदे मागहरु राखेर उनीहरू जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्नामा बसेका हुन।

      सुविधा बचत तथा ऋण सहकारी संस्थाका संचालकहरु उपर बचतकर्ताहरुको करिब २४ करोड रुपैयाँ हिनामिना गर्न खोजेको  आरोप लागेको छ  । अहिले सहकारी अपचलनको आरोपमा सुविधा बचतका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई जना कर्मचारीहरु उमेश अधिकारी र कामेश्वर सिंह थुनामा रहेका छन्। अध्यक्ष ईश्वर गुप्ता भने फरार रहेकोले निजको खोजीकार्य भइहेको सर्लाही प्रहरी प्रमुख एवं  प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जनाएको छ।


No comments:

Post a Comment