Tuesday, September 19, 2023

अघोषित लोडसेडिङ विरुद्ध मलंगवा युवाहरु द्वारा विधुत प्राधिकरण अगाडी प्रदर्शन

 अघोषित लोडसेडिङ विरुद्ध मलंगवा युवाहरु द्वारा विधुत प्राधिकरण अगाडी प्रदर्शन

मनोज यादव---

सर्लाही,असोज २

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाको  कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध टायर बालेर प्रदर्शन गरेका छन् ।    
    अघोषित लोडसेडिङले उपभोक्ताहरुलाई समस्यामा पर्ने गरेको भन्दै मलंगवाका स्थानीय युवाहरुले सोमबार राती लाइन कटेको समयमा प्राधिकरणको गेट अगाडी टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया प्राधिकरण प्रमुख मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका थिए । दिउँसो मर्मतको बहानामा र राती सिस्टममा खराबी आएको कारण देखाउँदै दिनहुँजसो लाइन काट्दै आएकोले बाध्य भएर प्राधिकरणको बिरुद्धमा प्रदर्शन गर्नु परेको मलंगवा नगरपालिका वडा न-२ का युवा रितेश कुमार सोनीले बताए ।यस्तो प्रचण्ड गर्मीमा प्राधिकरणले अग्रिम सूचना समेत ननिकाली मनपरि रुपमा लाइन काट्ने गरेकाले गर्मीबाट बच्न पंखा,कुलर समेत चलाउन नपाएको प्रदर्शनमा उत्रिएका युवाहरुले गुनासो गरेका छन् । यदी मर्मतको काम चलिरहेको छ भने नियमितरूपमा लाइन संचालन नहुन्जेलसम्म विधुत महसुलमा छुट दिनुपर्ने र ढिलोगरि महसुस बुझाउँदा तिर्नुपर्ने जरिवाना पुरै माफ गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

   


















यथाशीघ्र अघोषित लोडसेडिङ बन्द नगरे प्राधिकरण विरुद्ध कडा संघर्ष गर्ने मलंगवा न.पा-२ कै युवा सोहन झाले चेतावनी दिएका छन्  ।


No comments:

Post a Comment