Friday, September 29, 2023

सर्लाहीमा पनि १७ औं विश्व रेबिज दिवस सप्ताह व्यापी रुपमा मनाइँदै/घरपालुवा कुकुरलाई खोप लगाएर कार्यक्रमको सुभारम्भ

 सर्लाहीमा पनि १७ औं विश्व रेबिज दिवस सप्ताह व्यापी रुपमा मनाइँदै/घरपालुवा कुकुरलाई खोप लगाएर कार्यक्रमको सुभारम्भ






लोकतन्त्र समाचारदाता---
सर्लाही,असोज १२
    १७ औं  विश्व रेबिज दिवस,सर्लाहीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ।" रेविज नियन्त्रण, एक स्वास्थ्य एक गन्तव्य"भन्ने मुल नाराका साथ जिल्लामा १७ औं रेबिज विरुद्धको दिवस मनाउन लागिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,मलंगवा ,सर्लाहीका प्रमुख शंकर साहले जानकारी दिएको छ। 

    केन्द्रका प्रमुख साहका अनुसार  दिवसको अवसरमा असोज ११ गते  देखि असोज १७ गतेसम्म  मलंगवा स्थित भेटेनरी अस्पतालमा घरपालुवा तथा सामुदायिक कुकर र बिरालोहरुलाई निःशुल्क रेविज बिरुद्धको खोप लगारहेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन प्रमुख साहले सबैसँग अनुरोध गरेका छन । 

     पालिकाहरुले विज्ञ केन्द्र,सर्लाहीसंग सहकार्य गरेर रेबिज विरुद्ध खोप कार्यक्रम संचालन गरेको छ।यसका लागि केही डोज भ्याक्सिन विज्ञ केन्द्र मलंगवाले उपलब्ध गराएको छ भने अपुग डोज सम्बन्धित पालिकाले आफ्नै निजी श्रोतबाट खरिद गरेको केन्द्रका डाक्टर जयप्रकाश यादवले जनाएको छ।

   नेपाल सरकारको २०३० सम्म रेविज केस सुन्यमा झार्ने लक्ष्य रहेकोले सोही अनुसार  विज्ञ केन्द्र मलंगवाले बिहीबार बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरि केही घरपालुवा कुकुरहरुलाई भ्याक्सिनेसन गरेर सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ।


  नेपालका सबै प्रादेशिक अस्पताल,जिल्ला अस्पताल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको छ। 
 


No comments:

Post a Comment