Tuesday, September 26, 2023

बरहथवा स्थित साना किसान सोल्टीको मुनाफा झण्डै २ करोड

 


बरहथवा स्थित साना किसान सोल्टीको मुनाफा झण्डै २ करोड 

लोकतन्त्र समाचारदाता---

सर्लाही, असोज ९

  सर्लाहीको बागमती नगरपालिका वडा न-८ सोल्टीस्थित साना किसान कृषि सहकारी संस्थाले आयोजना गरेको १७ औं वार्षिक साधारणसभा मार्फत आर्थिक वर्ष २०७९-०८० को आय व्यय सार्वजनिक गरेको छ। संस्थाले गत आ.व मा एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको संस्थाका प्रबन्धक माधव प्रसाद काफ्ले जानकारी गराएको छ।

   गएको एक आर्थिक वर्षमा ८४ करोड २२ लाख ८१ हजार ७ सय १८ रुपियाँ ६ पैसा कूल कारोवार गरी एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको जानकारी गराउँदै प्रबन्धक काफ्लेले  १७ औँ वार्षिकोत्सबको अबसरमा प्राप्त  मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ६० लाख ५४ हजार ९७३ रुपियाँ ५७ पैसा लाभांस वितरण गरिने घोषणा गरेका छन् ।  सोल्टीमा प्रधान कार्यालय तथा बरहथवा र राजघाट, सेवा केन्द्र रहेका यस संस्थामा दुइ हजार ५६५ महिला सदस्य, ९११ पुरुष सदस्य गरी ३ हजार ४७६ शेयर सदस्य रहेका छन् ।

    संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ (क) का प्रदेश सांसद जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका वडा न- ८ स्थित संस्थाको निर्माणाधिन दाना उधोगको प्राङ्गणमा सम्पन्न भएको साधारण सभा  बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, लालबन्दी नगरपालिकाका भुपु नगर प्रमुख मानबहादुर खड्का, केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य अन्जु पौडेल, साना किसान लघुवित्त बित्तिय संस्थाका इलाका प्रबन्धक युवराज गैरै, सहकारी कर्मी, जंगबहादुर महतो कौशिल्या निरौला लगायतको उपस्थिति  रहेको थियो ।

   सोही अवसरमा संस्थाले आफ्ना २० जना जेष्ठ शेयर सदस्यहरु सहित एकएक जना  संस्थाका कर्मचारी र संचालक समितीका सदस्यलाई  सम्मानित गरेको छ। त्यसैगरी २०८० सालको एसइइ परिक्षामा सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएका सेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

No comments:

Post a Comment