Tuesday, September 5, 2023

गौ हत्याको विरुद्धमा मलंगवामा सद्भाव र्याली

 गौ हत्याको विरुद्धमा मलंगवामा सद्भाव र्याली



लोकतन्त्र समाचारदाता---

सर्लाही, भाद्र १९

     सर्लाहीको सदरमुकाम मलंगवामा गौ हत्याको विरुद्धमा सद्भाव र्याली निकालिएको छ । विश्व हिंदु परिषद नेपालका युवा नेता धिरेन्द्र मिश्राको नेतृत्वमा सद्भाव र्याली निकालिएको हो । 

    केही दिन अगाडि धरानमा गोरु काटेर भोज गरिएको घटनालाई सनातन धर्म विरोधी गतिविधि भएको ठहर गर्दै  र्याली निकालिएको थियो । सोमबार दिउँसो मलंगवा नगरपालिका वडा न–१० स्थित बाबा स्वामीको मठबाट तुल ब्यानर सहित निकालिएको र्याली पुरानो बसपार्क, बालमन्दिर चौक तथा नगरपालिका चौक–मेन चौक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । हिन्दु राष्ट्र कायम गर, गाई काटन पाईदैन, गाईको संरक्षण गर, गाई काटनेलाई कारवाही गर जस्ता नाराहरु लगाउदै निकालिएको  उक्त र्यालीमा स्थानीय बुद्धिजिवी, साधुसंत, युवावर्ग, महिला लगायतको उल्लेख्य सहभागीता रहेको थियो । 

  सो सद्भाव र्यालीबाट समाजमा राम्रो संदेश जाने विश्वास लिइएको आयोजकले बताएको छ ।


No comments:

Post a Comment