Sunday, September 17, 2023

१६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियानमा बरहथवा

 १६ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने अभियानमा बरहथवा 



लोकतन्त्र समाचारदाता----

सर्लाही,भाद्र ३१

    सर्लाहीको बरहथवा नगरपालिकालाई साक्षर पालिका घोषणा गर्न प्रत्येक वडाबाट १६ वर्ष देखि ६० वर्षसम्मका  निरक्षरहरु ब्यक्तिहरुको डाटा संकलन गरिने भएको छ। उक्त नगरपालिकालाई साक्षर पालिका घोषणाका लागि निरक्षर व्यक्तिहरुको डाटा संकलन तथा आवश्यक पर्ने रणनीति र कार्यक्रमहरु तयार गर्न बाल विकास बरहथवाको सहकार्यमा बरहथवा नगरपालिकाले शनिवार सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

     १६ देखि ६० वर्ष उमेर समूहका  सबै नेपाली नागरिकहरुलाई न्युनतम साक्षरताको अवसर प्रदान गरि वि.स २०७६ साल भित्रमा साक्षर नेपाल घोषणा गर्ने र जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने साक्षर नेपाल अभियानको उदेश्य रहेको कार्यक्रमका सहजकर्ता एवं  मलंगवा नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले बताए । बरहथवा न.पा ले आयोजना गरेको कार्यक्रममा उपस्थित नगर प्रमुख कल्पना कटुवाल र विभिन्न वडाका वडाअध्यक्ष लगायतका सरोकारवालाहरु सँगको छलफलबाट तयार पारिएको कार्यतालिका अनुसार आउँदो असोज ७ गते प्रत्येक वडाको घरघरमा गएर निरक्षर व्यक्तिहरुको तथ्यांक संकल गर्ने,  असोज १२ गते निरक्षर व्यक्तिहरुको तथ्यांक कम्प्युटरमा  प्रबिष्ट गर्ने, असोज १४ गते कक्षा संचालन गर्न रणनीति तयार गर्ने, असोज १८ गते देखि मंसिर १८ गते सम्म साक्षरता कक्षा संचालन   गर्ने , मंसिर १९ र २० गते प्रमाणीकरण गर्ने र मंसिर २१ तथा २२ गते साक्षर पालिका घोषणा गर्ने कार्यक्रम तय गरिएको बाल विकास नेपालका अध्यक्ष बिरेन्द्र रायले जानकारी दिए ।

   कार्यक्रममा सहजकर्ता मण्डलले सिकाइको ढाँचा, सिकाईको बिधि र साक्षरताका १२ वटा सूचकहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए। नेपाललाई साक्षर बनाउन सरकारको अर्बौं रुपैया खर्च भइसकेको भएपनि हालसम्म नेपाल साक्षर घोषणा हुन नसकेकोले सर्लाही जिल्लालाई साक्षर जिल्ला घोषणा गराउन सम्बन्धित सबै सरोकारवालाहरुलाई  गम्भीर हुन उनले आग्रह गरे।

No comments:

Post a Comment