Friday, September 22, 2023

दुईजना मुस्लिम युवक पक्राउ / दुई समुदाय बिचको विवादलाई लिएर जिल्ला प्रशासनमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न ,आज साँझ ५ बजेदेखि ७ बजे भित्र मुर्ति विसर्जन गरिने

 दुईजना मुस्लिम युवक पक्राउ /

दुई समुदाय बिचको विवादलाई लिएर जिल्ला प्रशासनमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न ,आज साँझ  ५ बजेदेखि ७ बजे भित्र मुर्ति विसर्जन गरिने 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ५ 

     बिहिवार गणेश पुजाको मुर्ति सेलाउने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिचको विवादका कारण उत्पन्न भएको विवादलाई साम्य पारि स्थितिलाई सहज बनाउन आज(शुक्रवार)दिउँसो जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय,सर्वपक्षीय समन्वय सहजिकरण बैठक सम्पन्न गरि ६ बुँदे निर्णय गरिएको छ।

   जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा  हिन्दु -मुस्लिम दुवै समुदायका अगुवाहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको हो।

   उक्त बैठकमा हिजो (बिहीबार)सेलाउन बाँकी रहेका सबै मुर्तिहरु एकै ठाउँमा राखेर आज साँझ ५ बजेदेखि ७ बजे भित्र विसर्जन गर्ने,घटना सम्बन्धि सत्यतथ्य पत्ता लगाइ घटनाका दोषीलाई पक्राउ गरि हदैसम्म कारबाही गर्ने,ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुको पहिचान गरि उक्त घटनाको दोषीलाई पक्राउ गरि कारबाही गर्ने,मानवीय तथा भौतिक क्षति पुर्याउने ब्यक्तिहरुको पहिचान गरि निजबाटै क्षतिपूर्ति तिराउनुका साथै आगामी दिनमा यस प्रकारका घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षबाट गम्भीरता पुर्वक आआफ्नो दायित्व निर्वाह गर्न निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ।

   बैठक चलिरहँदा दर्जनौंको संख्यामा आएका महिला तथा पुरुषहरुले कार्यालय माथि ढुंगामुढा गरेका थिए।ढुंगामुढा गरिरहेका मानिसहरुको भिडलाई तितरबितर पार्न सुरक्षाकर्मीले २३ शेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।

पक्राउ -अमजद मिकरानी


   घटनामा संलग्न दुईजना मुस्लिम युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने मोहम्मद नजारुल अली मिकरानीको छोरा अमजद अली मिकरानी र अख्तर अली मिकरानी रहेका छन् ।उनीहरू दुबैजना दाजुभाइ हुन। प्रहरीले उनीहरूलाई घरबाट  नियन्त्रणमा लिएको प्रजिअ यादवले जनाएको छ।

No comments:

Post a Comment