Saturday, September 30, 2023

नेकपा(एस)को मेचीमहाकाली समाजवादी जागरण यात्रालाई स्वागतको सम्पूर्ण तयारी पूरा ,१७ गते सर्लाहीको लालबन्दीमा आइपुग्ने

 नेकपा(एस)को मेचीमहाकाली समाजवादी जागरण यात्रालाई स्वागतको सम्पूर्ण तयारी पूरा ,१७ गते सर्लाहीको लालबन्दीमा आइपुग्ने

मनोज यादव----

सर्लाही,असोज १३

     ने.क.पा.(एकीकृत समाजवादी ) पार्टीले गर्न लागेको  मेचीमहाकाली  समाजवादी  जागरण  यात्राको स्वागतको लागि आफुहरु तयारी अवस्थामा रहेको पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जानकारी गराएको छ। असोज १४ गते झापाको काँकडभिट्टाबाट सुरु भएर सुदूरपश्चिम हुँदै सुर्खेतमा समापन हुने समाजवादी जागरण यात्रा १७ गते दिनको ३ बजे सर्लाहीको लालबन्दी आइपुन्ने छ।
   जागरण यात्रा मार्फत पार्टीको रूपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजना, पार्टीको सिद्धान्त, विचार, नीति तथा कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुका साथै जनताका गुनासोसमेत सुन्ने र समाधानका लागि पहल गर्ने जिल्ला अध्यक्ष लामा बताए । यात्रामा आउने पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको जिल्लामा स्वागत गर्न पाउनु खुसीको कुरा भएकोले स्वागतमा  कमि हुन नदिन कुनै कसर बाँकी नराख्ने लामाले बताए ।
    १७ गतेको कार्यक्रममा प्रमुख  अतिथि  पार्टीका  केन्द्रीय  सदस्य  लक्षमण पौडेलले स्थानीय  स्तरमा  रहेका  समस्या  हरुको बारेमा पार्टीका केन्द्रिय अध्यक्ष  लगायत  नेताहरु सँग  पत्रकार  सम्मेलन मार्फत जानकारी गराइने पार्टीकी नेतृ एवं मधेश प्रदेश सांसद बेची लुंङ्गेलीले जानकारी गराइन्।
     पार्टी अध्यक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २ हजार भन्दाबढी पार्टी सदस्यहरु समाजवादी जागरण यात्रामा सहभागी हुने जनाइएको छ।
१६ दिनसम्म चल्ने यात्राका क्रममा पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम रहेको छ । पहिलो दिन १४ असोजमा काकँडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने छ।यसैगरी, १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै, १६ असोजमा राजविराज, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ ।
१७ असोजमा जनकपुरधाममा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र सर्लाहीको लालबन्दीमा सभा हुनेछ । १८ गते रौतहटको  गरुडा, हर्नैया, कलैया र वीरगंजमा सभा हुनेछ । त्यस्तै, १९ असोजमा पथलैया, हेटौंडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।२० गते कावासोती, बर्दघाट र परासी तथा २१ गते भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै, सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ गते र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ गते  सभा आयोजना हुनेछ ।
   २४ गते नेपालगंज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ गते राजापुर र टीकापुरमा त्यस्तै २६ गते लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ गते पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा तथा २८ गते छिन्चु र सुर्खेतमा सभा आयोजना हुने एकीकृत समाजवादीले जनाएको छ ।
  समाजवादी जागरण अभियानमा पार्टीका केन्द्रीय कमिटीका नेता, भ्रातृसंगठनका केन्द्रीय कमिटीका नेताका साथै प्रदेश, जिल्ला, पालिका स्तरका नेताकार्यकर्ताको सहभागिता हुने जनाइएको छ। यस क्रममा जुन ठाउँमा कार्यक्रम, सभा हुन्छ सोही जिल्ला र पालिका कमिटीले व्यवस्थापन गर्ने जिम्मेवारी पाएको सर्लाहीका अध्यक्ष लामाले बताए । 


No comments:

Post a Comment