Tuesday, September 5, 2023

एसिसी एसिया कप नेपाल भारतसँग १० विकेटले पराजित

  एसिसी एसिया कप नेपाल भारतसँग १० विकेटले पराजित



काठमाडौ ,भाद्र १९

    एसिसी एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल डकवर्थ लुइस पद्धतिको आधारमा भारतसँग १० विकेटले पराजित भएको हो । 

   नेपाल यसअघिको खेलमा पाकिस्तानसँग पराजित भएको थियो । दुवै खेलमा पराजित नेपाल अंकविहीन बन्यो । आजको जितसँगै दुई खेलमा तीन अंक जोडेको भारतले समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । 

   पहिलो खेलमा नेपालले पाकिस्तानसँग २ सय ३८ रनको हार बेहोरेको थियो । भारत र पाकिस्तानबीचको खेल भने वर्षाका कारण रद्द भएपछि दुवैले अंक् बाँडेका थिए । 

   सोमबार नेपाल र भारतबीचको खेल वर्षाका कारण करिब २ घण्टा रोकिएको थियो । त्यसपछि २३ ओभरमा झारिएको खेलमा भारतले १ सय ४५ रनको नयाँ लक्ष्य पाएके थियो । भारतले २०.१ ओभरमा कुनै पनि विकेट नगुमाइ लक्ष्य भेट्टायो ।     कप्तान रोहित शर्माले ५९ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान गरे । शुभमन गिलले ६२ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६७ रन बनाए ।   यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३० रनको योगफल तयार पारेको थियो ।



 

No comments:

Post a Comment