Saturday, September 9, 2023

निजामती सेवा दिवसमा सर्लाहीका २३ जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरु सम्मानित

 



निजामती सेवा दिवसमा सर्लाहीका २३ जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरु सम्मानित


मनोज यादव---

सर्लाही,भाद्र २३

  २० औं निजामती सेवा दिवस २०८० को अवसरमा सर्लाहीका २३ जना  सेवानिवृत्त राष्ट्रसेवक  कर्मचारीहरु सम्मानित भएका छन् । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाही तथा कर्मचारी मिलन केन्द्र सर्लाहीले आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमको समापन समारोहको अवसरमा मिलन केन्द्रका संरक्षण एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा मिलन केन्द्रका अध्यक्ष एवं नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरले सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई कदरपत्रले सम्मान गरेका छन् ।

 ‘ब्यवसायिक र श्रृजनशिल प्रशासन ,विकास सम्बृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा अवकाश प्राप्त रामहरि आचार्य,राम किशुन पंडित,कमल प्रसाद साह,रमेश कुमार  झा,चुडा प्रसाद आचार्य,ब्रह्मपत राउत,गणेश प्रसाद सिंह,जानकी शरण भगत,शिवशंकर साह रौनियार ,राम एकवाल साह, सुरेन्द्र प्रसाद चौधरी,कमल प्रसाद पौडेल ,देवनिधी बडाल,कपिल यादव,देव कुमार चौधरी,अबध किशोर गुप्ता,बिहारी साफी,गोविन्द राय,हेम कुमार श्रेष्ठ ,कासेन्द्र यादव ,दिनेश मिश्र,दिपलाल पंडित र ध्रुव कुमार भुजेल लगायतका कर्मचारीहरु सम्मानित भएका हुन् । उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रका साथ सम्मानित गरिएको छ।

    सोही अवसरमा सप्ताहब्यापी रुपमा दिवस मनाउने क्रममा आयोजना गरिएका राक्तदान,प्रादेशिक अस्पताल मलंगवामा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण ,प्रभातफेरी,बृक्षारोपण, खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन गरेका कार्यालय तथा विद्यालयका प्रमुखहरुलाई पनि धन्यवाद स्वरुप कदरपत्र द्वारा सम्मानित गरिएको छ।रक्तदान कार्यक्रमको व्यवस्थापन  ब्रम्हपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश मिश्र,खेलकुद अन्तर्गत निजामती कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको व्यवस्थापन  इश्वरपुर नगरपालिका ,बिरामीहरुलाई फलफुल वितरणको लागि  व्यवस्थापन  प्रादेशिक अस्पताल मलंगवा र सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सगरमाथा आवासीय प्राथमिक विद्यालय मलंगवाका संस्थापक प्राधानाध्यापक तिलक कुमार क्षेत्रीले गरेको आयोजकले जनाएको छ।

    दिवसको समापन कार्यक्रममा बोल्दै प्रजिअ यादवले राज्य र नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न साथै सेवाग्राहीलाई सुशासनको अनुभूति गराउन निजामती कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् ।

    प्रजिअ यादवको प्रमुख आतिथ्यता तथा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका  अध्यक्ष उमेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिस्ठ अतिथि मिलन केन्द्रका अध्यक्ष एवं नापी प्रमुख मानन्धर,मिलन केन्द्रका सर्लाहीका पुर्व अध्यक्ष राम दरेश राय लगायत विभिन्न कार्यालयका निजामती कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

  कार्यक्रम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको थियो।


No comments:

Post a Comment