Sunday, September 10, 2023

खुटौनामा एकैसाथ सुविधासम्पन्न प्रयोगशाला संचालन तथा पुर्ण साक्षरता वडा घोषणा

 


खुटौनामा एकैसाथ  सुविधासम्पन्न  प्रयोगशाला संचालन तथा पुर्ण साक्षरता वडा घोषणा


मनोज यादव---

सर्लाही,भाद्र २४

     सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले  वडा न-६ खुटौनामा एकैसाथ सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन तथा पुर्णसाक्षर वडा घोषणा गरेका छन् । वडा न-६ को वडा कार्यालयको संयोजनमा मलंगवा नगरपालिकाले आयोजनामा गरेको समारोहका बिच  सो वडाको स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन गरिएको हो।

   शुक्रवार उद्घाटन गरिएको उक्त प्रयोगशाला नगरप्रमुख यादव,वडा अध्यक्ष राम कैलाश राय र पुर्व प्राधानाध्यापक डा.बिरभंष बैठाले रगत जाँच गराएसँगै  सञ्चालनमा आएको छ। जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्दै नगरप्रमुख यादवले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्व सबैभन्दा बढी रहेकाले प्रयोगशालाको  स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताए। शहर बजारका निजी प्रयोगशालामा रगत,दिसापिसाब लगायतका जाँचहरु गराउँदा खर्च धेरै हुने भएकाले न्युन आर्थिक दर भएका बिरामीहरुलाई  यसबाट सहुलियत हुने उनले बताए ।

   यस नगरपालिकाले  स्वास्थ्यसँगै  शिक्षालाई पनि पहिलो प्राथमिकतामा राखेकोले प्रारम्भिक सर्वेक्षण अनुसार  यस वडाका रहेका १५ देखि ६० वर्ष उमेर समुहका ६६८ जना ब्यक्तिहरु निरक्षर भएको पाइएको र ती निरक्षर ब्यक्तिहरुलाई नगरपालिकाले  आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेको साक्षरता कक्षा मार्फत ६६८ जना निरक्षर ब्यक्तिहरु मध्येबाट साक्षरता कक्षामा सहभागी भएका ६३७ जना ब्यक्तिहरुलाई साक्षर वर्ष २०७६ को अवधारणा अनुसार तोकिएको उमेर समूहको ९५.४५ प्रतिशत साक्षर बनाएकोले यसै कार्यक्रमको अवसर पारेर खुटौनालाई(वडा न-६)साक्षर वडा घोषणा गरेको नगरप्रमुख यादबले बताए। 

    नगरप्रमुख यादवले सोही दिन वडा न-६ खुटौनासहित वडा न-३,८ र वडा न-१ भेडियाही तथा शनिवार वडा न-२,४,९ र गम्हरियाकि वडा न-११ र १२ लाई पनि साक्षर वडा घोषणा गरिएको छ। भाद्र २६ गते मधेस प्रदेश अन्तर्गतको सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकालाई पुर्ण साक्षर स्थानीय तह घोषणा गर्ने कार्यक्रम तय भइसकेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जनाएको छ।

    यस प्रयोगशालाबाट रगत तथा दिसापिसाबबाट गरिने चेकजाँको साथै विभिन्न किसिमका भाइरल टेष्ट, मलेरिया, युरिकएसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग,कालाजार  लगायत ५४ किसिमका चेकजाँचहरु हुने वडाअध्यक्ष रायले जानकारी दिए ।यहीँबाट न्युनतम २५ रुपैयादेखि अधिकतम ५०० रुपैयासम्मको चेकजाँच हुने उनले जानकारी दिए। खुटौनाको स्वास्थ्य केन्द्रमा स्थापना भएको यस जनस्वास्थ्य प्रयोगशालाबाट वडा न-५ भाँडसर,बडा न-७ मुसैली र वडा न-१ भेडियाहीका जनताहरु प्रत्यक्षरुपमा सेवा लिन सक्ने छन् ।

   नगरप्रमुख यादवको प्रमुख आतिथ्यता तथा वडाअध्यक्ष रायको अध्यक्षतामा भएलो यस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,वडा न-५ भाँडसरका वडाअध्यक्ष जुल्फेकार मिकरानी,शिक्षाविज्ञ एवं नगर शिक्षा अनुगमनकर्ता डा.बिरभंश बैठा, शिक्षा समन्वय इकाई प्रमुख अशोक रौनियार ,मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नन्दन राय,शिक्षा शाखा प्रमुख प्रमोद मण्डल ,कृषि शाखा प्रमुख रामनाथ साह,प्रहरी चौकी तथा सशस्त्र प्रहरी बल खुटौनाका इन्चार्ज,युवा नेता शमिमबाबु खान लगायत विभिन्न राजनितीक दलका पार्टी प्रतिनिधि ,स्थानीय महिला पुरुष तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

 


No comments:

Post a Comment