Thursday, September 21, 2023

गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिच झडप,प्रहरी द्वारा केही शेल अश्रुग्यास प्रहार,एकजना माथि चक्कु प्रहार, विस्तृत जानकारी आउन बाँकी

 गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाय बिच  झडप,प्रहरी द्वारा केही शेल अश्रुग्यास प्रहार,एकजना माथि चक्कु प्रहार, विस्तृत जानकारी आउन बाँकी 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज ४

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ स्थितमा गणेश पुजाको मुर्ति विसर्जन गर्ने क्रममा आज राति  साढे ८ बजे दुई समुदाय बिच तनाव उत्पन्न  भएको छ।

   तनाव पछि झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन केही शेल अश्रुग्यास प्रहार गरेको छ।

अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली द्वारा स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।हालसम्मको प्राप्त खवर अनुसार झडपको क्रममा  मलंगवा वडा न-७ मुसैली निवासी एक युवकमाथि चक्कु प्रहार हुँदा गम्भीर  घाइते भई प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ । 

   मलंगवाको स्थित अहिले तनावग्रस्त रहेकोले घटना बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

   यसअघि पनि कृष्ण जन्माष्टमीको मुर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बिच भएको झडप पछि मलंगवा बजारको अवस्था तनावग्रस्त बनेको थियो।

   


No comments:

Post a Comment