Wednesday, September 13, 2023

बिदा भए मलंगवाका प्रमुख प्रशासकीय अधिकृत गौतम,उहाँको कमि सदैव महसुस हुने छ: मेयर यादव

 बिदा भए मलंगवाका प्रमुख प्रशासकीय अधिकृत गौतम,उहाँको कमि सदैव महसुस हुने छ: मेयर यादव

मनोज यादव---सर्लाही,भाद्र २६

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमको मंगलबार

 एक कार्यक्रमका विच विदाई गरिएको छ। नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा नगरपालिकाले आयोजना गरेको कार्यक्रमका बिच गौतमको विदाइ गरिएको हो। 
    कार्यक्रममा १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
     २०७९ साल भाद्र २७ गतेदेखि २०८० साल भाद्र २६ गते सम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई सेवा प्रदान गर्नुभएका गौतमलाई उहाँले आफ्नो एकवर्षको  कार्यकालमै  यस पालिकाको समग्र  विकास निर्माणका कार्यहरु आफ्नो अथक मेहनत ,अथक परिश्रम र लगनशीलताबाट पूरा गरेर देखाएको भन्दै उहाँको कार्यक्षमताको प्रशंसा गर्दै नगरप्रमुख यादवले नगरपालिका परिवारको तर्फबाट मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरेका थिए।


    अध्यक्षको आसनबाट बोल्दै नगरप्रमख यादवले प्र.प्र.अधिकृत गौतमको साथ र सहयोगबाट आफुले एक बर्षमा ठुलो सफलता प्राप्त गरेको बताए । नगरपालिकाको समग्र व्यवस्थापन ,बजेट कार्यान्वयन साथै शिक्षा,स्वास्थ्य ,कृषि तथा पुर्वाधार निर्माणमा गौतमले खेलेको भूमिकाको प्रशंसा गर्दै यादवले उहाँ जहाँ रहेतापनि मलंगवा नगरपालिकाले सधै उहाँको साथ पाउने अपेक्षा प्रकट गर्दै बाँकी कार्यकालको लागि शुभकामना व्यक्त गरे।
    यसैगरी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट प्रदेश सांसद यादवले गौतमको कार्यशैलीको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँको कार्यकालमा भएका राम्रा कामलाई निरन्तरता दिंदै तयार पारिएका योजनाहरु समयमै पूरा गर्न नगरप्रमुख यादवलाई सुझाव दिएका थिए।
    मलंगवा नगरपालिकामा एकवर्षको कार्यकाल पूरा गरि शिक्षा मन्त्रालय काठमाडौ सरुवा भएका गौतमले  आफू जहाँ र जुन कार्यालयमा भएपनि मलंगवा नगरपालिकाप्रति अत्यन्तै स्नेह रहने बताउँदै आवश्यक परे आफ्नो तर्फबाट हरेक कार्यमा सहयोग रहने प्रतिवद्दता व्यक्त गरे।  

No comments:

Post a Comment