Tuesday, September 26, 2023

मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न ६ राजनीतिक दलको माग

 मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न ६ राजनीतिक दलको माग 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असोज ९

    सर्लाहीका  ६ राजनैतिक दलले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै मलंगवा घटनाका दोषीहरु पत्ता लगाई कडाभन्दा कडा कार्यवाही गर्न स्थानीय प्रशासन सँग  माग गरेका छन् । कर्फ्यु मात्र लगाएर समस्याको समाधान नहुने भएकोले घटनाका दोषीहरु पत्ता लगाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कानुनी कार्यवाही गर्नुपर्ने जारी विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ।

    नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह,नेकपा एमालेका राजनारायण साह,नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम काफ्ले ,जसपाका अध्यक्ष बिरेन्द्र कुमार राय,नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरेन्द्र लामा र लोसपा का अध्यक्ष राम प्रसाद रायले विज्ञप्ति मार्फत विगत केहि समय देखि जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भईरहेको सामाजिक सदभाव खलबल्याउने किसिमको गतिविधि प्रति     चिन्ता ब्यक्त गरेका छन् ।

    मुर्ति सेलाउने क्रममा भएको घट्ना र त्यस पछि भईरहेको घटनाक्रमले शदियौंदेखि चल्दे आएको आपसी सदभाव, सहयोग र भाईचाराले मिलिजुली बसिरहेको समाजमा नकारात्मक छाप पर्दै गईरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रशासन द्वारा जारी गरिएको कर्फ्युले जनजिवन झन आक्रान्त एंव कष्टकर बनेको छ।

   आफ्नो दुनो सोभ्याउने केही ब्यक्तिहरुको  उत्तेजित एवं अराजक गतिविधिले धार्मिक तथा जातिय हिंसा भड्किएकोले यसबाट  सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्ने लाई कहिले राम्रो नगर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

   समस्या समाधानको लागि  प्रशासन समक्ष कर्फ्यु  मात्र समाधानको बाटो नभएकोले दोषीहरु पत्ता लागाई कानुनी दायरामा ल्याएर  कडा भन्दा कडा कारवाही गर्न ६ वटै राजनीतिक दलका जिल्ला अध्यक्षहरुले  संयुक्तरूपमा  विज्ञप्ति जारी गरेर जोडदार माग गरेका छन् ।

    आफुहरुको पार्टी  धार्मिक सहिष्णुता, आपसी भाईचारा, बन्धुत्वको भावना शान्ति सदभाव र एउटा उन्नत समाजमा विश्वास राख्दै आएकोले यो घटना क्रमलाई मिहिन ढङ्गले बुझ्दै प्रशासन, नागरिक समाज, विभिन्न समूदाय, राजनितिक दल, संस्थाहरु सँग समन्वय र छलफल गरी समाधानको उपाय र प्रयास निरन्तर गरिरहेको विज्ञप्ति मार्फत   जानकारी गराएका छन् ।

    उनीहरू संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्ने, उत्तेजित पार्ने, सामाजिक सदभाव भडकिने किसिमको कृयाकलाप नगर्न नगराउन सबैसँग  अनुरोध गरेका छन् ।साथै यस्तो सवेदनशिल र कठिन परिस्थितिमा सबै एक जुट भई सामाजिक सदभाव एवं धार्मिक सहिष्णुता कायम गर्न आ-आफनो तर्फबाट लाग्न समेत अपिल गरेका छन् ।








No comments:

Post a Comment