भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनका लागि कबिलासीमा अन्तरक्रिया गरियो
लोकतन्त्र समाचारदाता---
सर्लाही,भाद्र २८
सर्लाहीको कबिलासीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबास महोत्तरीको आयोजना तथा कबिलासी नगरपालिकाको सहकार्यमा वडा न-८ अगर्वा स्थित रामजानकी मठको सभाहलमा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
आयोगको बर्दिबास स्थित कार्यालयका उपसचिव कृष्ण प्रसाद हुमागाईंको अध्यक्षता तथा नगरप्रमुख ब्रह्मदेव रायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सहभागीहरुलाई आयोग का काम,कर्तव्य र अधिकारको साथै सर्लाही जिल्लाबाट अख्तियारमा परेका उजुरीको संख्या, फैसला भएका र फैसला हुन बाँकी रहेका उजुरीहरुको बारेमा जानकारी गराइएको थियो ।कार्यक्रममा सहभागी भएका स्थानीय कर्मचारीहरु,पालिका जनप्रतिनिधिहरु लगायत स्थानीय नागरिकहरुले आ–आफ्नो जिज्ञासा र गुनासोहरु राखेर अख्तियारलाई सुझाव दिएका थिए ।
No comments:
Post a Comment