अनाथ तथा टुहुरा बालबालिकालाई नयाँ वर्ष तथा रमजानको उपहार
लोकतन्त्र समाचारदाता---
सर्लाही ,बैशाख २
मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा हरिवन नगर नगरपालिका वडा न-११ का वडाध्यक्ष मोहम्मद शेख महबुब रेजाले मलंगवा स्थित बाल मन्दिर द्वारा संचालित बाल गृहमा आश्रित १० जना टुहरा तथा अनाथ बालबालिकालाई लत्ताकपडासहितका उपहार वितरण गरेका छन्
।
संगठनका केन्द्रीय सदस्य एवं वडाध्यक्ष रेजाले आफ्नै निजी आर्थिक सहयोगमा नयाँ वर्ष २०७८ साल र इस्लाम धर्मको रमजान पर्वको उपलक्ष्यमा अनाथ तथा टुहुरा बालबालिकालाई लत्ताकपडासहितका सामग्री उपहार स्वरुप वितरण गरेका हुन्।
बिहिवार दिउँसो नेपाल बाल संगठन सर्लाहीका सभापति शमिमबाबु खान ,संगठनका पदाधिकारी , हरिवन नपा-११ का स्थानीय समाजसेवी तथा नेपाल सरकार भूमि समस्या आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादवको विशेष उपस्थितिमा उनीहरूलाई १० जोर जुत्ता मोजा,१० जोर अन्डरवेयर,गंजी, ट्र्याक सुट, टिसर्ट ,मच्छरझुल र तन्ना लगायतका सामाग्रीहरु वितरण गरिएको बाल गृहका इन्चार्ज राम लखन महतोले जानकारी गराएको छ ।
No comments:
Post a Comment