Tuesday, April 6, 2021

वस्तुभाउ बाँध्ने गोठमा आगलागी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २४

      सर्लाहीको नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका -३ फरहदवा स्थित एक वस्तुभाउ बाँध्ने गोठमा सोमवार राती आगलागी भएको छ । 

     राती करिब ११:४० बजेतिर स्थानीय अजय आलमको खरले छाएको फुसको  वस्तुभाउ बाँध्ने गोठमा अचानक भएको आगलागीमा परि गोठ भित्र रहेको २ वटा खाट र भुँसा जलेर नष्ट हुँदा अन्दाजी ४२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

   उक्त आगलागी दमकलको सहयोगमा नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा करिब १२:१० बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।




No comments:

Post a Comment