Tuesday, April 6, 2021

नेईए चुनावको लागि नेपाल इन्जिनियरिङ समाज द्वारा प्यानलसहित उमेदवारी दर्ता

    ---केन्द्रमा अध्यक्ष पदको लागि ५ जनाको दावेदारी---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २४

    ईन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न चुनावका लागि प्रदेश २ मा   जनता समाजवादी पार्टी निकट नेपाल इन्जिनियरिङ समाजले आफ्नो  प्यानलसहित उम्मेदवारी दर्ता गरााएका छन् ।समाजले प्रदेश २ बाट केन्द्रीय सदस्यमा ई. डा. हरि शंकर प्रसाद साहलाई उम्मेदवार बनाएको छ । 

   त्यस्तै, प्रदेश अध्यक्षमा ई. दिपेन्द्र कुमार साहलाई उमेदवार बनाएको छ भने सोही प्यानलबाट उपाध्यक्षमा ई. रामविनोद राय, सचिवमा ई. मनिष प्रसाद केशरी, सह–सचिवमा ई.ओमशंकर अधिकारी, कोषाध्यक्ष ई. अञ्जु कुमारी यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमा ई. दयानन्द साह, ई. रवि पटेल, ई. विशाल कुमार झा, ई. प्रदिप यादव, ई. ब्रह्मदेव यादव, ई. पारस देव, ई. मोहन कुमार गुप्ता, ई. कोमलकान्त लाल कर्ण, ई. मनोज कुमार यादव, ई. दिनेश कुमार यादव र जितेन्द्र कुमार मण्डलको  उम्मेदवारी परेको  छ ।

      नेईएको ३२ औँ कार्य समिति, प्रदेश समिति र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि आउँदो बैशाख २४ गते  निर्वाचन हुँदैछ ।

    केन्द्रमा अध्यक्ष पदका लागि  ५ जनाले  उमेदवारी दिएका छन्। 



No comments:

Post a Comment