Monday, April 5, 2021

पत्रकार महासंघ सर्लाहीको अध्यक्षमा टंकबहादुर क्षेत्री ,सबै पद निर्विरोध

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २३   

     नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षत सहित सबै पदका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।सर्लाही शाखाको अध्यक्ष पदमा टंक बहादुर क्षेत्री निर्विरोध निर्वाचित भएका हुन ।

    आइतवार सदरमुकाम मलंगवामा भएको उम्मेदवारी दर्ता कार्यक्रममा सर्वसम्मत् रुपमा अध्यक्ष पदमा क्षेत्रीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चुनिएका हुन् ।हरिवन नगरपालिका-८ निवासी क्षेत्री विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका हुन् । निर्विरोध निर्वाचित  पत्रकार क्षेत्रीयले आफ्नो तीन वर्षे कार्यकाल भरी श्रमजीवी पत्रकारहरुको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    यस्तै, कार्य समितिको उपाध्यक्षमा अनवर अहमद, महिला उपाध्यक्षमा पुस्तिका के.सी. (पुष्पा), सचिवमा सुनिल कुमार ठाकुर, सह-सचिवमा घनश्याम सिंह, समावेशी सह-सचिवमा स्वस्तिमा अधिकारी, कोषाध्यक्षमा अच्यूतम सापकोटा, महिला सदस्यमा चाँदनी कुमारी कुशवाहा, दलित सदस्यमा क्षितिज विश्वकर्मा, आदिवासी जनजाति सदस्यमा घनश्याम बलम्पाकी, मधेसी सदस्यमा फेकन महतो, अन्य समावेशी सदस्यमा पंकजकुमार कर्ण (सन्जु) निर्विरोध चयन भएका छन् ।

    ४ जना खुल्ला सदस्यमा भने ६ जनाको उमेदवारी परेकोले सहमतिमा लैजान र नयाँलाई मौका दिन तीन पटक कार्यसमिति  सदस्य भइसकेका जिल्लाका पुराना पत्रकार  मनोज यादव  र लालबाबु रायले आफ्नो उमेदवारी फिर्ता लिएपछि प्रकाश मैनाली, , मुकेश झा, ज्योति कुमार लामा र राकेश कुमार गुप्ता सदस्य पदमा सर्वसम्मतिले चयन भएका छन् । 

      चैत २५ गते निर्वाचनका दिन औपचारिक प्रक्रिया पूरा हुने छ । सोही दिन प्रदेश तथा केन्द्रीय समितिका पदाधिकारीहरुलाई जिल्लाबाटै मतदान हुने छ ।

No comments:

Post a Comment