Monday, April 5, 2021

तरकारी किसानलाई आकाशे पानीको चिन्ता,बोट तथा लहराहरु सुक्न थाले

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २३



    भर्खरै  होली पर्व मनाएर खेतीपातीको काममा  फर्केका सर्लाहीका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर चिन्तामा  परेका छन् । लामो समयसम्म पानी नपरेर  सिंचाइका अन्य विकल्प समेत नपाएपछि बोटमै तरकारी बाली सुक्न थालेको  देखेर तरकारी खेती गर्ने सर्लाहीका  किसान चिन्तामा परेका हुन् । पानीको अभावमा बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।

“खेत बारीमा रोपिएका भण्टा, परवल, घिरौँला, झिमनी,भिन्डी , करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवाहरु पानीबेगर सुकिरहेका छ। यतिबेला खेतबारीमा बढिसक्नु पर्ने तरकारीका बिरुवा सिंचाइको अभावका कारण सुक्दै गएका छन् ।

     यसपालिको  हिउँद पानी नपरी बित्यो । मध्य चैत सकिँदासम्म पानी नपर्दा वैशखा  तरकारीका बोट र लहराहरु सुक्दै गएका छन् । गतवर्ष  लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै नष्ट भयो र अहिलेको बाली पानीबगैर सुक्न थालेको स्थानीय  किसानरुले दुखेसो पोखे ।जिल्लामा मौसमी,बेमौसमी र वर्षभरिका विभिन्न  गरी हजारौं हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

    यसैबीच प्रदेश–२ सरकारको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवर्द्धन  कार्यक्रम अघि बढाएको भएपनि नहर तथा कुलो मार्फत  सिंचाइ सुविधा उपलब्ध नहुने क्षेत्रमा आकाशे पानीकै भर रहँने  किसानहरु बताउँछन् । 

No comments:

Post a Comment