Thursday, April 1, 2021

गम्हरियामा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १९

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१२ गम्हरिया स्थित बडी पल्सीटोल निवासी स्थानीय एक युवा अहमद रेजा अन्सारी र गम्हरिया निवासी चन्दन साहको संयुक्त आयोजनामा बिहिवार गम्हरिया स्थित खेल मैदानमा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

    १४ वटा टिमको सहभागीता  उक्त प्रतियोगिताको उपाधी जमुनिया टिमले हात पारेको छ भने किंग्स 11 उपविजेता भएको आयोजक अन्सारीले जानकारी दिए ।

    स्थानीय स्तरका युवा  खेल प्रतिभाहरुलाई उजागर गरी जिल्ला तथा राष्ट्रिय  स्तरमा चिनाउन खेलको आयोजना गरिएको अन्सारीले बताए ।

    प्रतियोगिताको विजेता टिमलाई नगद रु.२५ हजार र उपविजेता टिमलाई नगद  १५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।विजेता र उपविजेता टिमलाई वडाध्यक्ष सम्भु राय र समीर मिकरानीले संयुक्तरूपमा  कप , मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका छन् ।

No comments:

Post a Comment