Tuesday, April 6, 2021

अपांगहरूलाई व्हिल चेयर वितरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २४

    सर्लाहीको धनकौल गाउँपालिकामा बसोबास गर्ने ८० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल चेयर लगायतका सहयोग सामाग्री वितरण गरिएको छ ।

    धनकौल गाउँपालिकाको आर्थिक सहयोगमा परिवर्तन संस्था द्वारा संचालित अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो गापामा बसोबास गर्ने ८० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल चेयर,बैशाखी,पंखा, हर्लिक्स लगायतका सामाग्री वितरण गरिएको हो ।गापा अध्यक्ष रामाश्रय साहको प्रमुख आतिथ्यतामा हालै सम्पन्न भएको कार्यक्रमका बिच उनीहरूलाई ती सामाग्रीहरु वितरण गरिएको परिवर्तन संस्थाले जानकारी गराएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत मो.महफुज अहमद लगायत व्यक्तिहरुको सहभागीतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता हरिनन्दन अम्वेडकरले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन प्रविण यादवले गरेका थिए ।

    सहायता सामाग्री पाएपछि लक्षित वर्गले गाउँपालिका र आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment