Monday, April 5, 2021

मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २२

    सर्लाहीमाको बागमती नगरपालिका वडा न-४ डुमाजोर स्थित पुर्व पश्चिम लोकमार्गमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।

     सनिवार साँझ ८ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको रा १ ख २१८० नम्बरको मिनी ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्र २-०२-००२८७१७ नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन  नगरपालिका वडा न- १ बस्ने अन्दाजी वर्ष २५ को ब्रजेश कुमार ठाकुर घाइते भएको छ ।दुर्घटनामा परि गम्भीर घाइत भएका ठाकुरको उज्यालो हेल्थ केयर कर्मैयामा प्राथमिक उपचार गरि थप उपचारको लागि वयोधा अस्पताल बिरगंज लगिएको छ।

  दुर्घटना पश्चात् प्रहरी हिरासतमा रहेका  मिनी ट्रकका चालकलाई  घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सवारी धनीले बेहोर्ने घाइतेका आफन्त बिच भएको सहमतिमा छाडिएको जनाइएको छ।घाइते ठाकुर विगत २ वर्षदेखि स्वरोजगार बैंककमा कार्यरत रहेको निजका आफन्त अरोज यादवले बताएको छ।

No comments:

Post a Comment