Monday, April 5, 2021

सर्लाहीमा दुइवटा निलगाई मृत अवस्थामा भेटियो

लोकतन्त्र समाचारदाता--- 

सर्लाही ,चैत २३

    सर्लाहीमा दुईवटा  दुर्लभ जनावर निल गाई मृत अवस्था भेटिएको छ ।

प्रतीक फोंटो


    बुधबार बेलुका करिब पौने ७ बजे गोडैता नगरपालिका वडा न-१० झगरु चौकमा र  राती करिब साढे १२ बजे बलरा नगरपालिका वडा न-५  मनुष्मारा खोलामा  निल गाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी  प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको  छ ।

    संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएको खवर पाए पछि घटना स्थलमा पुगेका  प्रहरी र जिल्ला बन कार्यालयबाट गएका कर्मचारीसँग समन्वय गरि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको  प्रवक्ता कुवँरले बताएको छ।

No comments:

Post a Comment