Monday, April 5, 2021

धुलोका कारण मलंगवाबासीको जनजिवन कष्टकर, समस्याबाट मुक्ति पाउन हुलाकी सडकको निर्माण हुनुपर्ने स्थानीयहरुको निष्कर्ष


 




मनोज यादव---

सर्लाही ,चैत २३

    सडकबाट उडेको धुलोका कारण मलंगवा नगपालिकाका स्थानीयवासीहरु कष्टकर जीवन बिताउन बाध्य भएका छन्। 

   हुलाकी सडक निर्माण गर्ने भनिएको  झिम खोलाको पुलदेखि मुसैलीसम्मको सडक छेउ तथा आसपासका बासिन्दाहरु दिनभर उड्ने धुलोका कारण  कष्टकर जीवन बिताउन बाध्य बनेका हुन् । केही वर्ष पहिले निर्माणाधिन अवस्थामा रहेको उक्त कच्ची  सडकमा कम संख्यामा  यातायातका साधन गुड्दा खासै समस्या थिएन तर अहिले दैनिक सयौंको संख्यामा  आलुप्याज बोलेका ठुला ट्रक, ट्याक्टर , जिप, टेम्पु लगायतका सवारीसाधनहरु गुड्ने गरेका कारण त्यस क्षेत्रका बासिन्दाहरुलाई धुलोको समस्याले पिरोलेको स्थानीय बुद्धिजीवीहरुले बताए । उक्त सडक भएर ठुला तथा अधिक भारका सवारीसाधनहरु गुड्नाले ठाउँ ठाउँमा सडक भत्किएको स्थानीयवासी घनश्याम यादव  बताउँछन् । उनले सडकको धुलोले सडकको दायाँ–बायाँ घर भएका बासिन्दालाई  प्रत्यक्षरूपमा गम्भीर असर पारेको बताए । उनले भने, ‘सडकको धुलोले बालबालिका र वृद्धवृद्धाहरूको स्वास्थ्यमा समेत गम्भीर असर परेको छ ।’ 

     सडकमा उड्ने धुलोले गर्दा  सडकछेउका बालबालिका र वृद्धवृद्धामा श्वास–प्रश्वासको समस्या देखिन थालेको स्वास्थ्यकर्मी रामविनय यादवले बताए । ‘नगरपालिकाले हाम्रो अभिभावकत्व ग्रहण गर्न नसक्दा यस्तो कष्टकर जीवन भोगिरहेका छौँ’–उनले भने । 

  एउटै गाडी गुड्दा त बस्नै नसक्ने अवस्था हुन्छ तर यहाँ त एक पटकमा ४-५ वटासम्म आलु प्याज बोकेका ट्रकहरु गुड्छन् भने ।अन्य सवारीसाधनहरु पनि ओभरटेक गर्दै गुड्छन । यहाँ बस्नै नसक्ने अवस्था छ अर्का स्थानीयवासी मलंगवा न.पा वडा न-२ का पुकार साहले गुनासो गरे ।साह गाडी कुद्न थालेपछि धुलो उडेर केही नदेखिने बताउँछन् । धुलो उड्न थालेपछि सडक आसपासका स्थानीयवासीले खानेकुरा, लत्ताकपडा, भाँडाकुँडालगायत सम्पूर्ण सामग्रीहरु छोपेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । 

   धुलोको समस्याबाट मुक्ति पाउन एउटै मात्र विकल्प हुलाकी सडकको निर्माण रहेको स्थानीयबासीहरुको भनाइ रहेको छ ।









2 comments:

  1. झिम नदीभन्दा पूर्व पर्सासम्मको बाटो पनि अहिले खपिनसक्ने धुलाम्मे भएको छ। भेल्ही बजार लगायत गाउँभरिको क्षेत्रमा धुलो नै धुलो छ। यस्तो धुलोबाट छुटकारा कहिलेसम्म मिल्ला ?? सम्बन्धित निकायको ध्यान खै कता छ?? सबैतिरबाट आखिरमा जनता नै मर्नुपर्ने हो र??

    ReplyDelete
  2. झिम नदीभन्दा पूर्व पर्सासम्मको बाटो पनि अहिले खपिनसक्ने धुलाम्मे भएको छ। भेल्ही बजार लगायत गाउँभरिको क्षेत्रमा धुलो नै धुलो छ। यस्तो धुलोबाट छुटकारा कहिलेसम्म मिल्ला ?? सम्बन्धित निकायको ध्यान खै कता छ?? सबैतिरबाट आखिरमा जनता नै मर्नुपर्ने हो र??

    ReplyDelete