Wednesday, April 7, 2021

मलंगवामा दिनदहाडै मोटरसाइकल चोरी

 

 ---दुर्वयसनीहरु कै कारण   चोरी बढेको स्थानीयहरुको भनाइ---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २५

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-१० बाट  आज(बुधबार)दिउँसो एउटा मोटरसाइकल चोरी भएको छ ।

प्रतीक चित्र


     स्थानीय बैधनाथ राउतले दिएको जानकारी अनुसार बुधबार दिउँसो १ बजे पुरानो माई एफएम रेडियो स्टेसनको कार्यालय नजिकबाट ना १ त २१४८ नम्बरको  एफ जेड मोटरसाईकल चाेरी भएकाे हो ।

    गएको केही दिनदेखि मलंगवा लगायत जिल्लाका विभिन्न शहर तथा बजार  क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम बढेको छ।लागुऔषध सेवनकर्ता तथा विभिन्न अपराधिक गतिविधिमा संलग्न युवाहरुले मोटरसाइकल ,साइकल लगायतका सवारीसाधनहरु चोरी गर्ने गरेको स्थानीयहरुले बताएका छन् ।जिल्लामा दिनदिनै लागुऔषध सेवनकर्ताहरुको संख्या बढे सँगै  सवारीसाधनहरुको चोरी हुने क्रम पनि बढेको छ ।चोरीको मोटरसाइकलबाट उनीहरू विभिन्न अपराधिक क्रियाकलापहरुमा संलग्न हुने गरेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

    केही दिन अगाडि ५ जना चोरहरुको गिरोहले सर्लाहीमा एउटा ट्याक्टरनै चोरी गरेका थिए ।प्रहरीले पाँचै जना चोरलाई ट्याक्टरसहित  नियन्त्रणमा लिइसकेको छ ।

    यसरी दिनदहाडै  माेटरसाईकलको साथसाथै ठुला सवारीसाधनहरु पनि चाेरी हुन थालेपछि स्थानीयहरू अाफनाे सवारीसाधन तथा  धनमालको सुरक्षाका लागि चिन्तित बन्न थालेका  छन ।


    


No comments:

Post a Comment