Thursday, April 8, 2021

मलंगवाबाट चोरी भएको मोटरसाईकल ६ घण्टामै फेला पर्यो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २६

    गत बुधबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित माई एफएम नजिक  राम बाबु राउतको घर अगाडीबाट चोरी भएको ना १ प २१४८ नम्बरको  एफ जेड मोटरसाईकल प्रहरीले चोरसहित फेला पारेको छ ।

     प्रहरीले  बुधबार दिउँसो करिब १ बजे तिर राउतको घर अगाडीबाट  मोटरसाइकल चोरी भएको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ६ बजे मलंगवा नपा वडा न-४ बाट मलंगवा -९ बस्ने    मो.संदाम हुसेनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो। हुसेनलाई जिप्रका मलंगवाको हिरासतमा राखि अनुसंधान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment