Monday, April 5, 2021

मौसम परिर्वतन हुदाँ बालबालिकाको स्याहार कसरी गर्ने ?

 @स्वास्थ्य लेख---



                             डा.गुणेशवर झा

                   स्तुति सौम्या हेअल्थ केयर,मलंगवा

    अहिले जाडोयाम सकिएर गर्मियाम सुरु हुँदै छ । त्यसैले दैनिक तापक्रम विस्तार बढ्दै गएको छ । शरीरको विकास भइसकेका मानिसलाई समय समयमा मौसम परिर्वतन भइरहदा स्वास्थ्यमा खासै समस्या देखिदैन । तर शरीरको विकास नभएका बालकालिकालाई भने मौसम परिर्वतन हुदाँ स्वास्थ्य समस्याहरु देखिन सक्छन् ।

बालबालिकाको शरीर विकास नहुनुका साथै रोग प्रतिरोधात्मक क्षमताको पनि विकास भएको हुँदैन जसका कारण उनिहरुमा स्वास्थ्य समस्या देखिन सक्छ ।

बोल्न सक्ने व्यक्तिहरुले आफ्नो समस्या र आवश्यकताहरु सहज रुपमा भन्न सक्छन् । तर बालबालिकाले आफ्नो समस्या र आवश्यकताहरु भन्न सक्दैनन् । त्यसैले अभिभाबकले बिशेष ध्यान दिनुपर्ने हुन्छ । मौसम परिर्वतन हुने समयमा बालबालिकामा श्वास प्रशवास र पाचन प्रणलीमा समस्या आउने गर्दछ । यो समयमा अभिभाबकले बालबालिकाको हेरचाहमा सावधानी अपनाउनुपर्ने हुन्छ । 

मौसम परिर्वतन हुने समयमा उनिहरुको खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ । यो समयमा बालबालिकाले चिसो तातो जे खाएपनि उनिहरुको पाचन प्रणालीमा असर गर्छ । जसका कारण स्वास्थ्य बिग्रन सक्छ । 

गर्मी महिना सुरु भएपछि बालबालिकालाई उल्टि हुने, पखला लागे, ज्वरो आउने जस्ता समस्या देखिएमा बिशेष सर्तकता अपनाउनुपर्ने हुन्छ । त्यसका साथै बालबालिकाको सरसफाईमा पनि बिशेष ध्यान दिनुपर्ने हुन्छ । सरसफाइमा ध्यान नदिदा विभिन्न ब्याक्टोरियाले छिट्टै आक्रमण गर्न सक्छ । 

बालबालिकालाई मौसम अनुसारको कपडा लगाउनुपर्ने हुन्छ । गर्मी मौसममा बाक्लो कपडा लगाइदिदा उनिहरुलाई पसिना आउँन सक्छ । त्यो कपडा नफेरीदिदा बालबालिकालाई चिसो लाग्न सक्छ । जसका कारण  उनिहरुलाई ज्वरो, रुघा खोकीको समस्या लाग्ने गर्छ । त्यसैले बालबालिकाको शरीर चिसो छ वा छैन समय समयमा हेररिहनुपर्छ । बालबालिकाको पाचनमा समस्या भए खाना खान नमान्ने, खुवाउदाँ उक्क गर्ने र कहिलेकाहि उल्टि समेत गर्न सक्छन् ।  बालबालिकामा यस्तो समस्या आएमा अलि सुस्त हुन्छन् । 

बालबालिकाको स्वास्थ्यमा ध्यान नदिदा उनिहरुको विकासमा समेत प्रभाव पर्न सक्छ । त्यसैले बालबालिकाको खानपान, कपडा र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।

No comments:

Post a Comment