Wednesday, April 7, 2021

खेल्दाखेल्दै हराएका सर्लाहीका ३ वर्षीय बालक भारतबाट सकुशल फेलापारी आफन्तको जिम्मा लगाइयो

 

लोकतन्त्र समाचारदाता----

सर्लाही ,चैत २५

आफ्नै घर वरिपरि  खेल्दाखेल्दै हराएका सर्लाहीका ३ वर्षीय बालक भारतमा फेला परेका छन् ।

    सर्लाहीको  सदरमुकाम मलंगवा  नगरपालिका वडा न-५ ,भाँडसर बस्ने स्थानीय रमेश सहनीका ३ वर्षीय छोरा आदर्श सहनी  गत सोमवार  आफ्नै घर वरिपरि बाट खेल्दाखेल्दै बेपत्ता भएका थिए । बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा थाना मुसहरनिया भन्ने गाउँबाट सकुशल फेला परेको सर्लाहीका  प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जानकारी दिए ।

   उनका अनुसार सोमबार बिहान ११ बजे भाँडसरबाट बालक हराएको भन्ने जानकारी पाउनासाथ तत्कालै सर्लाही प्रहरी प्रमुख एस.पी संतोष सिंह राठौरको सक्रियता तथा निर्देशन बमोजिम प्रहरी निरिक्षक कृष्ण गिरीको कमान्डमा खोजतलास टोली परिचालन गरि भारतीय काउन्टर पार्टस् सँगको समन्वयमा बालकको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो १ बजेको समयमा सोनवर्षा थाना अन्तर्गत पर्ने मुसहरनिया भन्ने गाउँमा फेला परेको हो ।

      फेला परेका बालकलाई सो ठाउँबाट उद्धार गरि  जिल्ला प्रहरी कार्यालयमा ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको प्रवक्ता कुवँरले बताए ।

  यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment