Wednesday, April 7, 2021

नेपाल पत्रकार महासंघको आज देशभर निर्वाचन हुँदै

 


sharethis sharing button

काठमाडौ/चैत २५ - नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुन लागेको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको महासंघले जनाएकाे छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेका अनुसार देशभरका करिब एक सय मतदान केन्द्रबाट महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन हुने छ ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दल निकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कतिपय जिल्लाहरुमा भने अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा निर्विरोध घोषणा गरिसकिएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा छन भने गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा छन् ।
प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै छन् ।

नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ ।

एसोसिएट र प्रतिष्ठानहरुको अर्को अलग्गै प्रदेशस्तरको मतदान हुनेछ । विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

No comments:

Post a Comment