Wednesday, March 31, 2021

कौडेना गाउँपालिकामा समावेशी अपाङ्गता सहायता कक्ष स्थापना


राजिव साह---

सर्लाही १८चैत्र 

सर्लाहीको कौडेना गाउँपालिकामा  समावेशी अपाङ्गता सहायता कक्षको उदघाट्न सम्पन्न भएको छ । गाउँ पालिका प्रमुख राम प्रसाद रायको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सहायता कक्षको स्थापना गरिएको हो । 

    सहायता कक्षको स्थापनाले पालिका भित्रका अपाङ्गता भएकालाई टेवा पुग्ने महिला बालबालिका शाखा प्रमुख खुस्बु जयसवाले बताउनुभयो ।  सम्पुर्ण समावेशी समाज विकासका लागि अपंगता ब्यक्तिका लागि सहायता कक्षको धेरै महत्त्वपूर्ण रहेको मन कुरा राख्दै  गाउपालिका उपाध्यक्ष चौधरीले  बताउनुभयो ।  अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न  गाउपालिकाले सहयोग गर्ने अध्यक्ष रायले बताउनुभयो । 

    कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत सुरेस साह, एसएनभी नेपालका जिल्ला संयोजक अम्बिका यादव, अपाङ्ग संजालका अध्यक्ष प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment