Friday, October 1, 2021

सर्लाहीमा यात्रु सहायता कक्ष स्थापना

 




मनोज यादव ---

सर्लाही ,असोज १५

      नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सर्लाहीमा   यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

    सार्वजनिक यातायातका साधनहरूमा भिडभाड हुने र यात्रु ठगिन वा अन्य समस्यामा पर्न सक्ने भन्दै जिल्लाको लालबन्दी नगरपालिका वडा न-७ मरिन चौक स्थित प्रहरी बिटसंगै २४ सै घन्टा प्रहरी रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

   नेपालीहरुको महान चाड बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वमा यात्रुहरुलाई पर्नसक्ने   पिरमार्का ,गुनासो र समस्याको सुनुवाई तथा समाधानका लागी उक्त यात्रु सहायता कक्षको स्थापना गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चाडवाडका वेला क्षमताभन्दा बढी यात्रु राख्ने, भिडभाडमा सामान छुट्ने, बढी भाडा लिने, चालकले मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न सहायता कक्षले सहयोग गर्ने अपेक्षा गरिएको छ।

   बिहिवार बिहानदेखि संचालनमा आएको उक्त डेस्कको स्थापनापछि पीडितलाई अन्यत्र गएर गुनासो पोख्न आवश्यक नरहेको र सहायता कक्षबाटै समस्या समाधानको प्रयास गरिने बताइएको छ।

No comments:

Post a Comment