Sunday, October 17, 2021

नेपाली काँग्रेसको दुई भातृ संगठनले गरे दिपावली तथा छठको शुभकामना आदानप्रदान

 



लोकतन्त्र समादाता---सर्लाही ,असोज ३१

    सर्लाहीको सदरमुकाम मलंगवामा तरुण दल तथा  नेपाल विद्यार्थी संघ(नेविसंघ) मलंगवा नगर कमिटीले आइतवार तिहार र  छठ पर्वको अवसरमा ‘ शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । 

      नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सांसद जंगीलाल रायको प्रमुख अतिथ्यता तथा पार्टीका सर्लाही जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्र कुमार यादवको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

   झण्डै १ सयजना भन्दा बढी युवाहरुको सहभागीता रहेको  कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य जयप्रकाश मल्लिक लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।  

 डा.चन्दन रमणले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेविसंघ जिल्ला सभापति ओम रंजन कर्णले गरेका थिए ।

 


No comments:

Post a Comment