Friday, October 15, 2021

हरिपुर्वामा नव नियुक्त कृषि मन्त्री महेन्द्र यादवद्वारा अस्पतालको उद्घाटन

  

----आम जनताले सरल र सुलभ सेवा पाउने--- 


एसपी यादव/ 

सर्लाही, असोज २९

     संघीय सरकारका नव नियुक्त  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले आज(शुक्रवार)सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ५ स्थित रहेको हरिपुर्वा मोडेल हस्पिटलको  एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । 

     उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले हस्पिटल संचालक समितिलाई बधाई तथा शुभकामना दिएका थिए । उनले आम जनतालाई सरल र सुलभ हिसाबले  सेवा प्रवाह गर्न हस्पिटल  संचालक समितिलाई सुझाव समेत दिएका थिए । बढ्दो बिरामीको चापलाई स्तरिय उपचार सेवाको निरन्तरता दिनु र हस्पिटल प्रति  बिरामीहरुको विस्वास बढाउन आवश्यक रहेको मन्त्री यादवले बताएका थिए ।

    सोही  अवसरमा मन्त्री यादवले हरिपुर्वा नपा- ५ का स्थानीय जनता, पार्टीका नेता तथा कार्यकर्ताहरु संग प्रत्यक्ष भेटघाट गर्नुका साथै वडा कमिटीद्वारा आयोजित विजया दशमी, शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समेत सरिक भएका थिए ।

  उक्त  कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य हृदय नरायण राय, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, ब्रहम्पुरी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अताउल रहमान, हरिपुर्वा नपाका मेयर सियाराम राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुका साथै  नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु,बुद्धिजीवी   , कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment