Monday, October 11, 2021

फुलपातीको पुर्वसंध्यामा मलंगवामा हजारौ कुमारी कन्याहरुको कलश शोभा यात्रा निकालियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असोज २५


     सप्तमी अर्थात फुलपातीको पुर्वसंध्यामा आज सर्लाहीको सदरमुकाम मलंगवामा हजारौं कुमारी कन्या तथा शर्धालु भक्तहरुको भब्य कलश शोभा यात्रा निकालिएको छ । 

    दशैको अवसरमा मलंगवा नगरपालिका  वडा न-२ स्थित झण्डा बजार (पब्लिक स्कुल),वडा न-८ स्थित नगरपालिका चौक,र वडा न-१० स्थित जिल्ला विकास चौकबाट सोमबार दिउँसो एकैसाथ  हजारौको संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन् । सम्बन्धित वडाको पुजा स्थलबाट हजारौंको  संख्यामा निस्केको कुमारी कन्या तथा शर्धालुहरु बाजागाजा सहित  मलंगवा नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।


   यात्रामा कुमारी कन्याहरु सहित स्थानीय महिला, युवा, बुद्धिजीवी, राजनीतिकर्मी,ब्यापारी,जोगी बाबा लगायतको ठुलो सहभागीता रहेको थियो।

 


No comments:

Post a Comment