Monday, October 4, 2021

विपि कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीको उपाध्यक्षमा कैमुल हुसैन मनोनीत


 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज १८

   विपि कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीको उपाध्यक्षमा कैमुल हुसैन मनोनित भएका छन् ।उनी लामो समयदेखि नेपाल विद्यार्थी संघमा आबद्ध रही राजनीतिमा सकृय रहँदै आएका छन् ।

   हुसैनलाई मञ्चका सर्लाही जिल्ला कार्यसमिति अध्यक्ष मनोज बख्रेलले जिल्ला उपाध्यक्षमा मनोनित गरेका हुन् । हुसैन मलंगवा स्थित सर्लाही क्याम्पसमा अध्यनको क्रममा नेविसंघमा आवद्ध भएर सक्रिय राजनीतिमा लाग्दै आएका हुन ।

  अध्यक्ष बख्रेलले  संस्थाको निति, नियम र आदर्शमा अविचलित भई कार्यसम्पादन गर्न उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिंदै हुसैनलाई मञ्चको तर्फबाट उज्वल भविष्य तथा कुशल कार्यकालको शुभकामना दिएका छन् ।


 


No comments:

Post a Comment