Tuesday, October 19, 2021

सर्लाहीमा पैगम्बर मोहम्मदको जनमदिवस धुमधामका साथ मनाइयो

 




लोकतन्त्र समाचारदाता-

सर्लाही ,कात्तिक २

      प्रदेश न-२ अन्तर्गत सर्लाही जिल्लाका विभिन्न क्षेत्रमा रहेका मुस्लिम समूदायहरुले पैगम्बर मोहम्मदकाे जनमदिवस धुमधामका साथ मनाएका छन्। जिल्लाभरीका मुस्लिम धर्मावलम्बीले मंगलबार  इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९६औं जन्मदिन मनाएका हुन । 

    यस अवसरमा नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्दै आजको दिनलाई मुस्लिम समुदायले महत्वपूर्ण दिनको रूपमा लिने गर्दछन् ।हरेक वर्ष यसदिन  सदरमुकाम मलंगवामा  नगर परिक्रमासहित विभिन्न कार्यक्रमहरुको  आयोजना हुँदै आएको छ ।यसवर्ष पनि धुमधामका साथ पर्व मनाइएको छ।

    गतवर्ष कोभिडका कारण र्यालीको आयोजना  नभएपनि यसवर्ष भने मुस्लिम धर्मावलम्बीहरुको बसोबास रहेको सर्लाहीका विभिन्न स्थानहरुमा शान्तीपुर्वक र्यालीको आयोजना गरिएको छ । 

   हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का सहरमा भएको थियो । त्यसैदिनको खुसियालीमा यस दिनलाई मुस्लिम समुदायले जश्ने इद मिलादुन नवि (रबिउलऔवल)को रूपमा मनाउने गर्छन् ।

    मलंगवा  र आसपास रहेका दर्जन बढी मस्जिद, मदरसा मुस्लिम संघसंगठन, धार्मिक संघसंस्थाकोे आयोजनामा र्यालीसहित धार्मिक सभा, जीवनी र विश्वभर फैलाएको धार्मिक सन्देशको बारेमा चर्चा गरी जन्मदिन मनाइएको हो ।

   मुस्लिम समुदायले यस दिन घरघरमा मिठा परिकार बनाई प्रसादको रूपमा ग्रहण गरेका छन ।

No comments:

Post a Comment